शुक्रबार, चैत्र १६, २०८०

महासंघ प्रदेश समिति निर्वाचन: चौतारी ,युनियन र प्रेस सेन्टरवीच भागवण्डा

 काठमाडौं बैशाख ४ , नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको आसन्न प्रदेश सममितिको निर्वाचनलाइ लक्षित गर्दै सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् ।  पत्रकार महासंघको प्रदेश समितिको लागि अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले पदहरु भागवण्डा गरेको हो ।

भागवण्डा अनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमध्ये सबैभन्दा धेरै प्रेस चौतारीले ५ वटाको अध्यक्ष पद पाएको छ । प्रेस सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने सहमति भएको छ ।

तीनवटा संगठनको अध्यक्षले गरेको सहमति अनुसार प्रेस चौतारीले प्रदेश १, प्रदेश ३, कणरली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको नेतृत्व पाएको छ । प्रेस सेन्टरले प्रदेश ४, प्रदेश ५ र उपत्यकाको नेतृत्व पाएको छ । प्रेस युनियनले प्रदेश २ र एसोसिएटको अध्यक्ष पद पाएको छ ।  कार्यसमितिमा अर्को कार्यकारी पद महासचिवमा प्रेस सेन्टरले ४ वटा, प्रेस चौतारी र प्रेस युनियनले ३/३ वटा प्रदेशको नृतृत्व गर्नेगरि भागवण्डा गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।