बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद बैठक : विद्यार्थी भर्ना अभियान सशक्त रुपमा सञ्चालन गर्ने

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिबारे निर्णय अर्को बैठकले गर्ने

 काठमाडौ चैत २७,   आज विहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने अपेक्षा गरिए पनि प्रस्तावित एजेन्दामा कुनै नितिगत निर्णय हुन सकेन । मन्त्रिपरिषदको अर्को बैठकले महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार मुलत आजको बैठकले सरकारले शिक्षा लिनबाट वञ्चित दलित, सीमान्तकृत र गरिब परिवारका विद्यार्थीलाइ लक्षित गर्दै विद्यार्थी भर्ना अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसको लागि ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन सरकारले सवैमा आव्हान गरेको छ ।

त्यस्तै बैठक पछि सरकारका प्रवक्ता एवं सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले दिनु भएको जानकारी अनुसार आजको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा र डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने निर्णय भएको जानकारी दिनु भएको छ । साथै अब बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्ति र राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्ति गर्ने जानकारी दिनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।