बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. कँडेल नियुक्त

  तिलगंगा आँखा अस्पताललाइ आँखाको लेन्स उत्पादनका लागि रु १० करोड अनुदान र सार्वजनिक हितका लागि आवश्यक सेवामा बन��दहडताल गर्न नपाइने गरि निषेध सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय

 काठमाडौ बैशाख ११, मन्त्रिपरिषद्को आज बसेको बैठकमार्फत सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ ।  त्यस्तै े आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभएको छ । 

साथै सञ्चार राज्यमन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद्को आजको बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग, राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र चिकित्सा विधेयकसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुको अलावा सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने गरि निषेध सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै गरि आजको बैठकले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समितिको गठन सहित सरकारी पदाधिकारी एवं उच्चपदस्थ कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ भने तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादनका लागि रु १० करोड अनुदान दिने निर्णय समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।