बुधबार, बैशाख १२, २०८१

भीषण बर्षासहितको हावा हुरीले ताजमहलमा क्षति, राजस्थान राज्यमा १५ जनाको मृत्यु

एजेन्सी चैत ३०,  भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो ।  उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि बर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् ।   अहिलेसम्म प्राप्त विवरण अनुसार आग्रामा आठ जनाको मृत्यु भएको छ भने चार जनाको मथुरामा र दुई जनाको फिरोजावादमा मृत्यु भएको छ, एक अधिकारीले भने ।  विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पुर्याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हो । यो विश्वकै सात आश्चार्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो । गत मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्शानी भएको छ, त्यसैगरी अर्को ठाँउमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ,ु एक अधिकारीले भने ।

भुइँतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमहरूले विनाशकारी हावाहुरी र बर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् । अन्न्पूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।