शुक्रबार, चैत्र १६, २०८०

बैशाख १३ मा ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

ग्लोबल आइएमई द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४को लागि मुख्य प्रायोजन गर्ने संस्था ग्लोबल आइएमई बैंकका प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी र आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त विच सम्झौतापत्रमा हस्ताक्षर पछि फाइल आदन प्रदान गर्दै । साथमा आयोजक कमिटका सदस्य दिपक केसी र बैंकको तर्फवाट रेमीट्यान्स प्रमुख रविन्द्र ढकाल

काठमाडौं बैशाख ५, राष्ट्रिय फोटोपत्रकार समुहद्धारा आयोजना गरिने राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।   उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटो पत्रकारिताअवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ ।

यसको लागि आज औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट प्रमुख वजार व्ययस्थापक गणेश अवस्थी विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डवाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ । उक्त अवार्ड लगायत अन्य १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लवको हलमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि वितरण गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।