शनिबार, बैशाख ८, २०८१

फिजिकल फिटनेसको चेतना अभिवृद्धिको लागि मंगलवार एशियन गेम्स फन रन हुँदै

काठमाडौं चैत २६, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एशियाली खेलकुदको आयोजक मुलुक इण्डोनेशियाको आयोजना भइरहेको फन रन नेपालमा मंगलबार हुने भएको छ । फन रन एशियाली खेलकुद अघि ४५ देशमा आयोजना गरिनेछ । यसअघि श्रीलंका, भुटानमा यस्ता फन रन सम्पन्न भइसकेको छ ।

फन रनको विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फन रनको आयोजनाको अधिकार नेपाललाई दिएकोमा आईओसीलाई धन्यबाद दिँदै छोटो समयको तयारीका बाबजुद फन रन भव्य बनाइने प्रतिबद्धता व��यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार मंगलबार बिहान ७ बजेदेखि नेपाल ओलम्पिक कमिटीको भवनबाट सुरु हुने रन सातदोवाटो, लगनखेल, पुल्चोक लविम मलहुँदै मंगलबजार, सुन्धारा हुँदै ओलम्पिक कमिटीको कार्यालयमा पुगेर समापन हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।