शनिबार, बैशाख ८, २०८१

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौ चैत २७,  मन्त्रिपरिषदको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दोस्रो बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई त्यस्तै गरि सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाइ नियुक्त गरेको छ ।

हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठले बुधबारबाट एकसाथ अवकाश पाउँनु एक दिनअगाडिमात्रै मन्त्रिपरिषदले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई नियुक्त गरेको हो ।

 आफ्नै ब्याजका डीआइजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै सर्वेन्द्रले  र सशस्त्र प्रहरीमा  पुष्पराम केसी र नारायणबाबु थापालाइ पछि पार्दै शैलेन्द्रले प्रहरी महानिरीक्षकमा बढुवा हुन सफल भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।