बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्ने

काठमाडौं बैशाख १६,  प्रधानमन्त्री केपी ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने बताईएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको प्रस्तुत सम्बोधनलाई अर्थरुपमा हेरिएको छ ।

त्यस्तै उहाँले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।