मङ्लबार, बैशाख ४, २०८१

प्रदेश निर्वाचन समितिको कार्यालय स्थापना

काठमाडौं चैत १९, नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने आसन्न प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको संयोजक वविता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौंको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशिघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।