बुधबार, बैशाख १२, २०८१

पर्यटन प्रवद्धनका लागि ऐतिहासिक चन्द्रगढीमा टिष्टाकाँगडा कला उत्सव

काठमाडौं चैत २५, नेपाल मण्डल सम्पदा पुस्तकले लिएको अवधारणालाई पर्यटकिय प्रर्वद्धनका रुपमा अगाडि बढाउन शनिवार ऐतिहासिक चन्द्रगढीमा टिष्टाकाँगडा कला उत्सवको आयोजना गरिएको छ ।

नेपाल मण्डल पर्यटन नगरी चन्द्रगढी टिष्टुङ पालुङ चित्लाङ भेगद्धारा आयोजित उक्त उत्सवमा नगरीका अध्यक्ष कृष्ण केसी तथा महासचिव पदम श्रेष्ठ, कलाकार सुदर्शन विक्रम राणा लगायतले टिष्टा काँगडा क्षेत्रको महत्र्व विश्वभरी प्रचार प्रसार गरी यस स्थानलाई पर्यटन नगरी बनाउनु पर्नेमा जोड दिदै प्रस्तुत उत्सव यसको लागि पहिलो कडि भएको बताउननुभएको छ ।

 त्यस्तै निर्भाणा आर्ट ग्यालरीका प्रमुख तथा कलाकार बेखराम श्रेष्ठ बलामीले नेपाल एकिकरणको योगदान दिनुहुने योद्धाहरुको कलाको माध्यमबाट सम्मान गर्नु हाम्रो लक्ष्य रहेको जिकिर गर्नु भएको प्रस्तुत उत्सवमा संयोजक विनोद महर्जनले किर्तिपुर एकिकरणकोे क्रममा खडा गरिएको गढीलाई टिष्टाकाँगडा पार्क बनाए ऐतिहासिक अस्तित्वको संरक्षण हुनुका साथै किर्तिपुर, चन्द्रागिरी, ईन्द्रसरोवर, दक्षिणकाली नगरपालिकासम्मलाई पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।