बिहिबार, बैशाख १३, २०८१

नर्सिङ डाइरेक्टर तथा मोडल महत सम्मानीत

 काठमाडौ वैशाख ८, नया बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मेलाको आयोजना गरिएको चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४र७५ को समापनको दिन बैसाख ५ गते सहिद मेमोरियल हस्पिटलको नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी सिर्जना महत सम्मानित भएकी छिन ।

स्वास्थ्य तथा सामाजिक कार्यमा देश तथा सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै नर्सिङ डाइरेक्टर सिर्जना महतलाइ सम्मानित गरिएको हो।सुर्यविनायक नगरपालिकाको मेयर बासुदेब थापा तथा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महतले उनलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका थिए ।
सम्मानीत व्यक्तित्व महत, नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी मात्र नभएर एक मोडलको रुपमा पनि चर्चित छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।