बिहिबार, बैशाख १३, २०८१

धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली प्रहार,घटनाको सर्वत्र निन्दा

अपराधीको खोजीगरि तत्काल कारवाहीको माग

काठमाडौ चैत २५,   हिन्दुराष्ट्र नवजागरण अभियानका अभियन्ता युवामहागुरु श्रीनिवास आचार्य माथि गएराती विराटनगरमा गोली प्रहार गरी हत्या गर्ने प्रयास भएको छ ।   विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली प्रहार गरेको बताईएको छ । छातीमा गोली लागेका आचार्य श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । जतुवामा आजदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैवीच युवामहागुरु श्रीनिवास आचार्य माथि भएको असामाजिक र अपराधिक सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने घटनाको सर्वत्र निन्दा गरिएको छ ।  मन्दिर परिसर भित्रै नेपाली समाजमा फूट ल्याउने षडयन्त्र अनुरुप गरिएको गोली प्रहारको घटना आफैमा मानवता विरोधी भएको भन्दै सामाजीक सञ्जाल देखि यत्र, तत्र, सर्वत्र घटनाको विरोधमा आवाज बुलन्द गर्दै विश्वहिन्दू महासंघका महासचिव अस्मिता भण्डारीले   यस्तो निन्दनीय घटनामा सम्लग्न अपराधीको खोजी गरि तत्काल कार्वाहीको माग गरेको आफ्नो सामाजीक सञ्जालमा लेखिकी छिन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।