बिहिबार, बैशाख १३, २०८१

धर्मगुरुमाथि भएको गोलीकाण्ड छानबिनको माग गर्दै राजधानीमा प्रदर्शन

धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै सरकारले त्यस्ता अपराधीहरुलाइ कारवाहीको दायारमा ल्याउने गृहमन्त्री  थापाको प्रतिवद्धता

काठमाडौ चैत २७,  धर्मगुरु स्वामी श्रीनिवास आचार्यको हत्या गर्ने उद्देश्यले विराटनगर–१४ स्थित जतुवामा शनिबार राती भएको गोली प्रहारको घटनाको विरोधमा आज र विश्व हिन्दू महासंघ लगायतका विभिन्न संघसस्थाहरुले राजधानीको माइतीघर मण्डलामा दवाव मुलक विरोध सभा सहित प्रदर्शन गरेका छन् ।

 विरोध प्रदर्शनको क्रममा विश्व हिन्दू महासंघ, योगी नरहरिनाथ आध्यात्मिक परिषद्, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायतका संस्थाका प्रतिनिधीले विराटनगरमा सुनियोजित रुपमा स्वामी आचार्य माथि भएको गोलीकाण्डको छानबिनको माग गर्दै नारावाजी गरेका थिए।  विरोधसभालाइ नेपाल विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारी, हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणा लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो ।

यसैवीच आजै विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट गृहमन्त्री रामबहादुर थापालाइ गोलीकाण्डको घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानबिन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग सहितको ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै सरकारले त्यस्ता अपराधीहरुलाइ कारवाहीको दायारमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  साथै उहाँले प्रतिनिधि मण्डललाई घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजी जारी भइरहेको जानकारी दिदै घटनाले आफुलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।