शनिबार, बैशाख ८, २०८१

गृह प्रशासन सुधार कार्य योजना अन्र्तगत सडकमा जभाभावी विरोध प्रर्दशनमा प्रशासनको रोक

बिरोध प्रदर्शनका लागि निश्चित ठाउँहरु तोकिए.खुलामञ्च, तीनकुनको चौर, भगवान पाउको भुईंगेल चौर, पेप्सीकोलाको खेलमैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउण्ड र सिफलको चौरमात्र विरोध प्रदर्श गर्न पाइने

 काठमाडौं बैशाख ३ , एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले गत चैत १९ गते सार्वजनिक गर्नु भएको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजनामा समेटिएका महत्वपूर्ण पक्ष क्रमस राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई उच्चतम प्राथमिकता संगै अवदेखि जता पायो त्यस्तै तै बिरोध प्रदर्शन गर्न नपाइने गरि बिरोध प्रदर्शनका लागि निश्चित ठाउँहरु तोकिएका छन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौको आईतबार बसेको सुरक्षा समितिको बैठकबाट गृह मन्त्रालयको निर्देशनअुनसार गृह प्रशासन सुधार कार्य योजनाको बुँदा न ३० मा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी यस पूर्व जिल्ला सुरक्षा समितिबाट समय समयमा तोकिएको निषेधित क्षेत्र समेतलाई पूनरावलोकन गरी सडकमा असर नपर्ने गरी ७ ठाउँलाई बिरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि भनेर तोकिएको जनाएको छ।

प्रस्तुत सूचना अनुसार अव उपरान्त निषेधित क्षेत्रहरु बढाउदै बिरोध प्रदर्शनका लागि निश्चित ठाउँहरु क्रमस खुलामञ्च, तीनकुनको चौर, भगवान पाउको भुईंगेल चौर, पेप्सीकोलाको खेलमैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउण्ड र सिफलको चौरमात्र विरोध प्रदर्श गर्न पाइने भएको छ ।   सडकमा यत्र तत्र सर्वत्र विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कायृमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै प्रशासनले गर्ने स्थान तोकिएको र नियम बैशाख १६ गतेदेखि लागू हुने जनाउ दिएको छ ।

यसअघि प्रशासनले काठमाडौं महानगरपालिकाका देहायका स्थानहरुमा जिल्ला सुरक्षा समितिको मिति २०७४/११/८ गतेको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अर्को आदेश नभए सम्मको लागि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माबाट कुनै पनि किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउ, जस्ता आन्दोलन वा बिरोधका कार्यक्रमहरू गर्न नपाउने गरी  क्रमस 

१. शितल निवासको निषेधित क्षेत्र, पुर्व : शिवपुरी स्कूल

पश्चिम : सामाखुसी निस्कने नाला, उत्तर : कान्ति बाल अस्पताल, दक्षीण : प्रहरी अस्पताल जाने मोड

२. प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र

पवित्र वर्कशप चोकवाट बालुवाटार तर्फ

सभामुख निवास देखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षीण १०० मीटर

प्रधानन्यायाधिश निवासबाट लाजिम्पाट जाने १०० मीटर पश्चिम

राष्ट्रबैंक चोकबाट पूर्वतर्फ १०० मीटर

ईटालीया चोकबाट ५० मीटर दक्षीण ।

३. संसद भवन, नया वानेश्वरको निषेधित क्षेत्र

संसद भवन र परिसर दक्षिणतर्फको पेटिसंग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग

संसद भवनको पश्चिमतर्फको थापागाउं जाने बाटोको दक्षिण किनारादेखि नयां बानेश्वर चोक सम्मको सम्पुर्ण सडक खण्ड

संसद भवनको दक्षिणपूर्वी किनाराको सर्भिस ट्र्याक हुंदै नयां वानेश्वर चोकदेखि ७५ मीटर पश्चिम सम्मको सर्भिस ट्र्याकसम्म

४. सिंहदरबारको निषेधित क्षेत्र

भद्रकाली मन्दिरपुर्व तीनकुने आईल्याण्डको पूर्वी कुनादेखि पुर्व सिंहदरबार मुल गेटसम्म ।

सिंहदरवार मूलगेट अगाडीदेखि उत्तर तर्फ पद्मोदय मा. वि. को मोडसम्म

सिंहदरवार मूलगेट अगाडीदेखि दक्षिणतर्फ माईतीघर मण्डलासम्म

बबरमहल स्थित जिल्ला अदालत प्रवेश मार्ग देखि जिल्ला प्रशासन कार्यालय हुंदै हनुमान मन्दिरसम्म ।

माईतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुंदै हनुमानस्थान मन्दिरसम्म

५. उपराष्ट्रपति निवासतर्फ निषेधित क्षेत्र

सामाखुशीबाट कपुरधारा चिताजाने मोड

६. निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट उत्तरतर्फ केशरमहल चोक

निर्वाचन आयोग रहेको भवन बहादुर भवनबाट दक्षीणतर्फ ज्याठा गल्ली मोड  निषेधित क्षेत्र तोकिएको  थियो ।