बुधबार, बैशाख १२, २०८१

खड्काको निधनमा शोकप्रस्ताव पारित

काठमाडौं चैत १९,  प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको बैठकले को कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोकप्रस्ताव पारित गर्दै एक मिनेट मौनधारणसमेत गरेको छ ।

विसंं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भइ भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा   ६७ वर्षको उमेरमा निधन भएको थियो ।   खड्काको पार्थिव शरीर शनिबार बेलुका नेपाल ल्याई सानेपास्थित खड्काको निवासमा राखिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।