मङ्लबार, बैशाख ११, २०८१

आरोही पत्रकारलाई महासंघको विदाइ,कामपाबाट रु २५ लाख सहयोग

काठमाडौं बैशाख ४ , नेपाल पत्रकार महासंघले सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना दिँदै महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ ।   महासंघमा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको सदस्यले सगरमाथा आरोहण गर्नु सिंगो महासंघले आरोहण गर्नु सरह हो भन्दै सफल आरोहणको शुभकामना दिनुभएको थियो । 
त्यस्तै महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महिलाको सफल आरोहणले नेपाली पत्रकारलाई नै सगरमाथा आरोहणको आभास दिलाउने धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोहण गर्ने पत्रकार महिलाको तर्फबाट बोल्दै पत्रकार देउराली चाम्लिङले मे महिनाको १५ देखि २९ भित्र सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउनु भयो ।

देउराली चाम्लिङ, कल्पना महर्जन , प्रियालक्ष्मी कार्की , रोजिता बुद्धचार्य र रोशा बस्नेत सगरमाथा आरोहणका क्रममा भोलि सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । आरोहीहरुले सगरमाथाको चुचुरोबाट नेपाल टेलिभिजनमा आरोहणका प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको बताएका छन् ।

यसैवीच काठमाडौ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला आरोहण टोली प्रमुख रोजित वुद्धाचार्य लगायतले बोल्नु भएको थियो ।  आरोहणका क्रममा महानगरको खड्गांकित झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्शा चुचुरामा पु-याइनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।