बिहिबार, बैशाख ६, २०८१

आज विश्व सम्पदा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं बैशाख ५, आज विश्व सम्पदा दिवस नेपालमा पनि मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा मनाईने गरिन्छ ।  प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ ।

यसैक्रममा काठमाडौं महानगरपालिकोको संयोजनमा विश्व सम्पदा सुचीमा सुचीकृत हनुमानढोका दरवार देखि स्वयम्भूक्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्धनका लागि साताव्यापी सम्पदा मार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको मुलत लक्ष्य भनेको स्थानीय सांस्कृतिक, सामाजिक, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमको प्रवद्धन गर्नु रहेको बताईएको छ ।

 विश्वभर रहेका प्राचिन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन युनेस्कोले निर्धारण गरेको मापदण्ड पूराभएपछि विश्व सम्पदाको सूचिमा राख्ने गर्दछ ।   नेपालबाट युनेस्कोमा सूचीकृत गरिएका सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका लगायतका रहेका छन ।

काठमाडौं उपत्यकामा रहेको संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धन गरि उपत्यकाको आर्थिक समृद्धिमा नयाँ आयाम थप्ने जमर्को सहित आयोजित प्रस्तुत कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र न् ८ बाट प्रतिनिधीत्व गर्ने संघीय संसदका सदस्य जीवनराम श्रेष्ठ, प्रदेश सासंद राजेश शाक्य लगायत हनुमान ढोकासँग जोडिएका ४ वटा वडा लगायत पदयात्रामा रहेको वडा नं। १८ र १५ का वडाध्यक्ष सहित सम्पदा पदयात्रासँग सम्बन्धित धार्मिक सांस्कृतिक समूह लगायत स्थानीय संघसंस्थाका व्यक्ति विशेष सक्रिय रहेका छन ।   आजको कार्यक्रममा विश्व सम्पदा सूचीमा परेका काठमाडौंको बसन्तपुर र स्वयम्भूसम्मको पदमार्गको फोटो पत्रकारहरुलाई अवलोकन गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031