काठमाडौं बैशाख ११ , गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ।
जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिए। ज्ञानीले रुदैं भनिन्, ‘पेटमा बच्चा आएदेखि छोरीको दशा लागेको थियो।’ अन्जली गर्भवती भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए। गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्दै आएका थिए। एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए। दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रविण दासले बताए। वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे।
‘छोरीको घर जाने मन थिएन्, जबरजस्ती लग्यो,’ आमा ज्ञानीले भनिन्। ७ गते बिहानै अञ्जली श्रीमानसँग मोटरसाइकलमा बसेर घर गइन् । सोही साँझ उनको हत्या भयो। आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो, मृतकका फूपू रामअधिन दासले बताए। हामीलाई ज्वाइले वा अञ्जलीका ससुराले उनको मृत्युको विषयमा कुनै जानकारी गराएन्। अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवालाई
- आयोगको तर्फबाट आगामी मङ्सिर २ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति सिफारिस
- अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदीय विशेष समिति गठनसंगै अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा
- मन्त्रिपरिषद् बैठकको २३ बुँदे निर्णय: विश्व बैंकबाट प्राप्त ५ करोड ९६ लाख सहुलियतपूर्ण ऋण सहयोग स्वीकार
- आजमात्रै ११३ जनामा कोभिड सङ्क्रमण , देशभर सक्रिय सङ्क्रमितको सख्या चारसय नाघ्यो
- असार २६ गते सार्वजनिक बिदा
- मनसुनी वायुको बढ्दो प्रभावसंगै आगामी ३ दिन देशभर बदलीसंगै वर्षाको सम्भावना
- न्युजिल्याण्ड पठाईदिन्छु भनी ६३ लाख ठगी गर्ने पौडेल पक्राउ
- रामेछाप बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- थप ९० जनामा कोभिड सङ्क्रमण, काठमाडौं उपत्यकामा मात्र ३६३ संक्रमित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान