बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं चैत १५ , राष्ट्रपति विद्यादेवी भण्डारीले आज नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन भएकी छिन् ।  संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्थाअनुसार राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको हो ।

नेपालको संविधानको धारा ९५ को उपधारा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।  यसको लागि   राष्ट्रपतिको सम्बोधनको ब्यहोरा मन्त्रिपरिषद बैठकले अनुमोदन गरी राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ ।

राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा चढेर प्रवेश गर्ने र उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।