शुक्रबार, चैत्र १६, २०८०

लोकतन्त्रमा प्रेस र न्यायालय दुवैको भूमिका अर्थपूर्ण : कामु प्र.न्या.जोशी

काठमाडौं चैत १६ , सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपकराज जोशीले नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसका अवसरमा आयोजित प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै संविधानले प्रेस स्वतन्त्रतालाई उच्च स्थान दिएकाले प्रेसलाई नियन्त्रण लिन नसकिने धारणा अभिव्यक्त गर्नु भएको छ ।    त्यस्तै उहाँले लोकतन्त्रमा प्रेस र न्यायालय दुवैको अर्थपूर्ण भूमिका रहने जनाउ दिदै जिम्मेवारी अनुरुपको आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुन आवश्यक रहेको बताउँनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना ओन्सारीले पत्रकार महासंघ मानव अधिकारको जिवित योद्धा रहेको बताउँदै प्रेस स्वतन्त्रता सम्बन्धी महासंघले निर्वाह गरेको भूमीकाको प्रशंसा गर्नुभएको थियो ।  त्यस्तै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै प्रेस स्वतन्त्रतालाई अभिन्न अंगका रुपमा लिएको बतउनु भयो । उहाँले प्रेसको सुन्तुलन कायमा राख्न राजनीतिक लागानीबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराइले प्रेसले कमजोर वर्गको पक्षमा पनि बोल्नुपर्छ भन्दै सरकारको स्वस्थ्य आलोचना गर्न पत्रकारलाई आग्रह गर्नुको अलावा उहाँले संविधानको धारा १९ ले सञ्चारको हकको मात्रै प्रत्याभूत गरेको मात्र नभै त्यसले सञ्चार जगतलाई गलत मार्गमा जानबाट रोकेको विचार व्यक्त गर्नुभएको थियो ।

सत्यतथ्यमा जोड दिन पत्रकालाई आग्रह गर्दै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधानको अधिनमा रहेर संघ, प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माण गर्ने क्रममा रहेको भन्दै प्रेस स्वतन्त्रता सञ्कुचन हुने कानुन निर्माण गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो ।   राजपाका नेता केशव झाले निष्पक्ष भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नु भएको उक्त अन्तक्रियामा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आचारसंहितामा नाममा प्रेस स्वतन्त्रतालाई प्रेस काउन्सिलले नियन्त्रण नगर्ने धारणा व्यक्त गर्नुभएको थियो ।  त्यस्तै   महासंघका अध्यक��ष गोविन्द आचार्य निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अदालतको अवहेलनाका नाममा प्रेसलाई सङ्कुचन गर्न नहुने बताउनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।