बिहिबार, चैत्र १५, २०८०

प्रम ओलीलाई विश्वासको मतमा राजपा र संघीय समाजवादीले समर्थन गर्ने

काठमाडौं फागुन २६,   आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग गर्दा राजपाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने भएको छ ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारलाइ प्रतिक्रिया दिने क्रममा संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको जनाउ दिदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने राजपाको तयारी रहेको समेत बताउँनु भएको छ ।   त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो पार्टीले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने  सवालमा  तयारी बैठक भइरहेको  बताउँनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।