मङ्लबार, बैशाख ४, २०८१

देउवा र सिंहको टक्कर कसले बाजी मार्ला ? यस्तो छ जोड घटाउ

यदि काँग्रेसमा पविर्तननै चाहेको हो भने देउवा समुहको समर्थनमा भनिएका सिटौला,  गच्छदार समूह र खुमबहादुर खड्का र उहाँका समूहले प्रकाशमानलाई साथ दिनु पर्छ,  अनि काँग्रेसले स्वाभिवरुपमा नयाँ जिवन प्राप्त गर्छ,

काठमाडौं फागुन २१ नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव हुने भएको छ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराउँनु भएको  छ ।   यद्यपी आज ८: १५ बजेसम्ममा यदि उम्मेदवारी फिर्ता गर्न चाहेमा उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिले उम्मेदवारी फिर्ताको अहिलेसम्म कुनै गुन्जायस नभएको बताए ।

 कसले बाजी मार्ला?  यस्तो छ जोड घटाउ :   संसदीय दलको नेता चुनिन कम्तिमा उम्मेदवारलाइ ३२ भोट चाहिन्छ । तर काँग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित २३ सांसदमध्ये देउवाको पक्षमा ६ जना छन् । समानुपातिकतर्फको ४० मा भने देउवा पक्षमा ३० जना रहेको गणीतीय आंकडा रहेको छ ।  तर गोप्य मतदान हुने भएका कारण यसै भन्न सकिने अवस्था छैन  गोप्य मतदानमा जे पनि हुन्छ ।

यसवीचमा महत्वपूर्ण सवाल भनेको यदि काँग्रेसमा पविर्तननै चाहेको हो भने देउवा समुहको समर्थनमा भनिएका सिटौला,  गच्छदार समूह र खुमबहादुर खड्का र उहाँका समूहले प्रकाशमानलाई साथ दिनु पर्छ  अनि काँग्रेसले स्वाभिवरुपमा नयाँ जिवन प्राप्त गर्छ,  भन्दै एक नेताले भने आपसी सम्बन्धलाइ एकछिन विटमार्दै संस्थागत सम्बन्धका लासग नेताहरुले यो टिक योगदान गर्नुपर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।