शुक्रबार, चैत्र १६, २०८०

महानगरको मौनता: अव्यवस्थित सवारी साधनआवत जावत र फुटफाट बजार

 दिनहुँ जस्तो हुँने गरेको ट्राफिक जाम सहितको ठेलमठेलको स्थितीकावीच आकस्मिक सवारी निश्चित गणतव्यमा पुग्न नपाउँदै कुनैपनि दुर्घटना हुने प्राय निश्चित छ 

विष्णु विष्ट /फागुन १६, यो कुनै   मेलापातको दृष्य पक्कै होइन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल  हनुमानढोका दरवारक्षेत्र र आसपासका पसिरमा बढ्दो अव्यवस्थित सवारी साधन आवत जावत रअव्यवस्थित फुटफाट बजारको दृष्य हो । प्रत्येक दिन साँझ परेसैगै सुरु हुने अव्यवस्थित वजार र सवारी आवागमन त्यस्तै पार्किङ्ग र फुटफाट बजारका  कारण हिड्न समेत हम्मे हम्मेको स्थिती सिर्जना हुन्छ यहाँ । तर पनि सरोकारवाला निकायको कुनै पहलकदमी अनुभुत गर्न पाएका छैन ।

सरोकारवाला निकाय महानगरपालिका र स्थानीय संघसस्थाको मौनताका कारण सिर्जना भएको यो दिनहुँ जस्तो हुँने गरेको ट्राफिक जाम सहितको ठेलमठेलको स्थितीकावीच आकस्मिक सवारी निश्चित गणतव्यमा पुग्न नपाउँदै कुनैपनि दुर्घटना हुने प्राय निश्चित छ ।

त्यस्तै यसवीचमानै कुनै प्राकृतिक विपत्ती वा आगलागीका घटना भयो भने यस क्षेत्रको स्थिती केहोला कल्पना गर्नमा पनि आफैमा कहाली लाग्दो स्थिती छ । के महानगरको नियति भनेको पत्यार लाग्ने ट्राफिक जाम अव्यवस्थित सवारी साधन आवत जावत रअव्यवस्थित फुटफाट बजार त पक्कैपनि होइन होला फोटोमा प्रष्ट देखिएको छ शान्ति सुरक्षा र जगन्य अपराध नियन्त्रणको लागि जाँदै गरेको प्रहरीको गाडी समेत ट्राफिक जाममा रुमलिएको छ । यसतर्फ नत महानगरपालिकाको ध्यान पुगेको छ नत आफुलाइ अभियन्ताको परिचय दिने संघसस्थाको नै  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।