शुक्रबार, चैत्र १६, २०८०

पशुपतिनाथ महोत्सव २०७४ को आयोजना गरिने

काठमाडौ फागुन १४ , पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’२०७४ को आयोजना गरिने भएको छ ।

महोत्सवमा मुलत सनातन वैदिक संस्कृति तथा परम्पराको संरक्षणका लागि धार्मिक अनुष्ठान लगायत श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिव पार्वतीको ताण्डवसहितको मूर्ति दर्शन, जन्मदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति, धिमे बाजा प्रतियोगिता, भक्ति संगीत प्रतियोगिता, लोकदोहरी, एक लाख एक शालिग्राम पूजन तथा प्रदर्शन, ट्रेड प्रदर्शनी र धार्मिक पुस्तक प्रदर्शनी गरिने महोत्सव मूल समारोह समितिद्दारा आइतवार आयोजित पत्रकार सम्मेलनमा दिएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा महोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्मका आधारमा समाजमा हुने गरेको विभेद र छुवाछूतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न महोत्सव प्रभावकारी हुने बताउँदै प्रस्तुत महोत्सवमा विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ र पशुपतिनाथ ग्वाली पूचः समाजले उक्त महोत्सवको व्यवस्थापनमा सहयोग पु-याउने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।