शुक्रबार, बैशाख १४, २०८१

४ लाख घुस सहित भूमिसुधारका अधिकृत चापागाइँ पक्राउ

 काठमाडौं फागुन ७,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाइँलाई रु ४ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

अधिकृत चापागाइँलाई सेवाग्राहीसंग जग्गा कारोबारका लागि आवश्यक व्यवस्था मिलाइदिने भन्दै घुस लिदै गरेको अवस्थामा आज शिखर खाजाघर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।