शुक्रबार, चैत्र १६, २०८०

३ प्रदेशका मुख्यमन्त्रीका दाबेदारद्दय आरोप–प्रत्यारोपमा, कसले- के भने ?

काठमाडौ माघ १९, प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा आइपुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन् ।

एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।

‘पाण्डेले चुनाव नलड्ने घोषणा गरिसक्नुभएको थियो, यति सक्रिय नेतालाई बाहिर राख्न हुन्न भनेर मैले नै प्रदेशमा उठाएको हो, उहाँलाई मुख्यमन्त्री दिने कुरै आउँदैन,’ – शाक्य

‘शाक्यले म मुख्यमन्त्री चलाउन सक्दिनँ, त्यसैले तपाईं चुनाव लड्नुस् भन्नुभएको हो, आज आएर बोली फेर्नुभयो,’ – पाण्डे

‘एमाले स्थायी समिति बैठकले सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्न प्रदेशलाई निर्देशन दिएको छ,’ पाण्डेले बिहीबार बैठक सुरु हुनुअघि कान्तिपुरसँग भने, ‘सर्वसम्मत हुने सम्भावना कम देख्दै छु । निर्वाचनबाटै संसदीय दलको नेता चुनिन्छ ।’ कान्तिपुरमा खबर छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।