बिहिबार, चैत्र १५, २०८०

३ न प्रदेशसभाको आज पहिलो बैठक बस्दै

अन्तरिम कार्यविधि र सभामुख चयन प्रस्तावउपर छलफल गरिने

काठमाडौं माघ १८,  मुलुकको पछिल्लो रुपान्तरित प्रारुप अर्थात  प्रदेशसभाको अन्तरिम कार्यविधि र सभामुख चयनको प्रस्ताव उपर छलफल गर्नका लागि प्रदेश न ३ को पहिलो बैठक अस्थायी मुकाम हेटौंडामा बस्दै छ।  प्रदेश न ३ का ज्येष्ठ सासंद डोरमणि पौडेलको अध्यक्षतामा बस्ने आजको बैठकको पूर्व तयारी स्वरुप बुधवार साँझा प्रदेश संसदमा  गर्ने ७ दलीय सासंदको सर्वदलीय बैठकको सहमति अनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वानका लागि जारी सूचना पढेर सुनाउने र त्यसपछि कार्यविधि पारित लगायतका कार्यआरम्भ गरिने बताईएको छ । त्यस लगत्तै बैठकमा सभामुख चयनको प्रस्तावलगायमाथि छलफल सहित मिति तोकिने बताईएको छ ।

  १ सय १० प्रदेश सांसदमध्ये ६६ जना प्रत्यक्ष तर्फ निर्वाचित प्रदेश न ३ मा समानुपाकि समेत गरि एमालेको ५८ जना माओवादी के्न्द्रका २३ जना रकााग्रेसको २१ जना त्यस्तैगरि  नयाँ शक्ति १ जना , नेपाल मजदुर किसान पार्टीका १ जना सांसद रहेका छन भने समानुपािितक तर्फ विवेकशील साझा ३ राप्रपाका १ , नेपाल मजदुर किसान पार्टीका १ र राप्रपा प्रजातान्त्रिकका १ जना सांसद रहेका छन्।

संविधानको धारा १८२ (१)मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ। साथै, प्रदेश प्रमुखले प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन बोलाउनुपर्ने हुन्छ। जसअनुसार सभामुख र उपसभामुखको छनोटपछि प्रदेश अधिवेशन हुनेछ। संवैधानिक व्यवस्थाअनुसार माघ अन्तिमसम्म सभामुख चयन भई फागुन ३ गतेभित्र प्रदेश सरकार निर्माण भइसक्नुपर्नेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।