शुक्रबार, चैत्र १६, २०८०

१८ हजार घुस सहित भक्तपुर दधिकोटका प्रहरी जवान थापा रङगेहात पक्राउ

काठमाडौ माघ १८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १८ हजार घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग भक्तपुर दधिकोटका प्रहरी जवान उमेशकुमार थापालाई आज रङगेहातपक्राउ गरेको छ ।  आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापाले सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा पक्राउ गरिएको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले आजै सरकारी सेवा प्रवेश गर्न चाहिने उमेरको हद नाघेको नागरिकता सच्याई झुटा विवरण पेश गरी सरकारी सेवा प्रवेस गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्दीका इलेक्ट्रिसियन नीतिबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगद्दारा जारी विज्ञप्तिमा अभियुक्त गुरुङले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा जन्ममिति सच्याई झुटा विवरणको नागरिकताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएर बढुवासमेत भएको उल्लेख गरिएको छ ।

त्यस्तै श्री सरस्वती माध्यमिक विद्यालय छोटी पर्सिया,कञ्चनपुरमा कार्यरत शिक्षक शिवनारायण चौधरीको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाण नक्कली रहेको भन्ने व्यहोराको उजुरीको छानवीन गर्दा निजको नाममा उत्तर प्रदेश, बोर्ड अफ हाई स्कूल एण्ड ईन्टरमिडीयट एजुकेशन, उत्तर प्रदेश भारतबाट जारी शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण निज विरुद्ध पनि मुद्धा दायर गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।