बुधबार, बैशाख ५, २०८१

स्पष्ट बहुमत सहित प्रम नियुक्तिको लागि आज वाम गठबन्धनले आफ्नो दावी प्रस्तुत गर्ने

 काठमाडौ फागुन ३, एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले आज राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ।  एकातर्फ निर्वाचन आयोगले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा बुधबार राष्ट्रपतिलाई बुझाएको र ह्र्को तर्फ बुधवार वाम एकताको लागि नितिगत निर्णय गर्न ललितपुरमा बसको पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सवालमा भएको सहमति अनुरुप बाम गठबन्धनले आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो।

स्मरण रशोस जाम एकताको क्रममा एमाले र माओवादीबीच पहिलो ३ वर्ष एमाले अध्यक्ष ओलीले र त्यसपछिको २ वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो गरि प्रधानमन्त्री चलाउँने नितिगत सहमति गरेका छन ।
म्ुालुकको संविधानमा भएको व्यवस्था अनुरु संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ। प्रस्तुत व्यवस्था अनुसार नै एमाले अध्यक्ष ओलीलाइ केन्द्रीय सरकारको प्रधानमन्त्रीको लागि दावी प्रस्तुत गर्न लागिएको सम्वद्धस्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031