शुक्रबार, बैशाख १४, २०८१

सूर्योदय क्वीज सिजन टु सुरु

काठमाडौं फागुन १४, सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु भएको छ ।  क्वीजको एक कार्यक्रमका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गर्दै क्वीज कार्यक्रम विद्यार्थीको करियरका लागि महत्वपूर्ण प्लेटफर्म हुने बताउँनु भएको छ । मोफसलकै ठुलो राशीको हाजिरीजवाफ प्रतियोगिताको रुपमा रहेको प्रस्तुत प्रतियोगिता सिजन वन कै निरन्तरताका रुपमा यस बर्ष पनि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले बताउनु भयो । 

त्यस्तै कार्यव्रmमलाई निरन्तरता दिइने र अझ व्यापक बनाउँदै लगिने कार्यक्रमको मुख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका व्यवस्थापक कृष्ण खतिवडाले बताउनु भयो । प्रतियोगितामा प्रदेश एकका विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ टिम सहभागि रहेका छन् । सहभागि टिममध्ये विजेता टिमले ५० हजार नगद र प्रमाण पत्र पाउँने छन् । आइतवारबाट लीग राउण्ड सुरु भएका छ ।
यस चरणबाट विजेताले सेमी फाइनलमा प्रवेश गर्ने छन् । लीग चरणको छनौट कार्यक्रम लाई फागुन २० गतेदेखि सूर्योदय टलिभिजनबाट प्रसारण गरिने कार्यक्रम संयोजक गौतमले बताउनु भएको छ । उद्घाटन कार्यक्रमका अवसरमा साहित्यकार पुन्यप्रसाद खरेल, पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, सूर्योदय टेलिभिजनका प्रशासन प्रमुख याम विमली, कार्यव्रmम निर्देशक दिपेन भेटवाल लगायतले शुभकामना दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।