शुक्रबार, बैशाख १४, २०८१

सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिए

एजेन्सी फागुन १४ , लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ ।

सिरियाली सेना र रुसले समेत सो क्षेत्रमा सैन्य कारवाही तीव्र तुल्याएको छ । पश्चिमा मुलुकको गठबन्धन पनि सिरियामा बेलाबखत हवाई हमला गर्दै आएको छ । तर सिरियाली सेना र रुसको एउटा गठबन्धन छ भने पश्चिमा मुलुक अर्को गठबन्धन बनाएर हमला गर्दैछन् । पश्चिमा मुलुकले सिरियाको विद्रोही समूहलाई हातमा लिएको छ, जो राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन चाहन्छ । तर रुसले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएको छ ।

सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ  गुटा सहरमा भएको पछिल्लो हवाई हमलामा सहर नै कुरुप बनेको छ । कुनै घर यस्ता छैनन्, जो सग्ला हुन् । सहर एक खण्डहरमा परिणत भएको छ भने कयौं नागरिक मारिएका छन् । मारिनेमा बालबालिकामात्र ५०० भन्दा बढी रहेको र शव गाड्न चिहानका लागिसमेत जमिनको अभाव हुन थालेको बताइन्छ । जताततै शव गाडिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।