शुक्रबार, चैत्र १६, २०८०

सासंद साहको सक्रियता:  राष्ट्रिय गौरवको आयोजनाको झल्को दिने गरि १४ किलोमिटर सडक निर्माण

रौतहट फागुन १०, जो कोहीलाई पनि सुन्दा  अचम्म लाग्न सक्छ । विना बजेट १४ किलोमिटर सडक निर्माण भयो भनेर । तर रौतहटका ग्रामीण बस्तीमा आफुहरुका खेतबारी हुर्दै राजर्मागसंग घर समुदायलाई जोड्न धमाधम सडक निर्माण हुन थालेका छन् । जसको नेतृत्व गरेका छन् रौतहटका प्रतिनिधि सभामा निर्वाचित सांसद् तथा माओवादी नेता प्रभु साहले अनि  उहाँलाइ  साथ दिएको  छ  विकासप्रेमी रौतहतका आम नागरिकले  ।

    कटहरिया नगरपालिका हुर्दै महेन्द्र राजर्मागसम्मको सडक निर्माण धर्माधम सुरु भएको छ । पुरै १४ किलोमिटर नयाँ सडक ट्रयाक मात्र खोलिएको छैन । यस सडकमा कुनै राष्ट्रिय गौरवको आयोजनाको झल्को दिने गरि रातदिन काम सञ्चालन भएको छ । सडक खनिएस“गै तत्कालै माटो पेलेर ग्राबेल हुर्दै पिच गर्ने तयारी गरिएको छ । निर्माणधिन बाटो राष्ट्रिय सडकको मापदण्ड बमोजिम १४ मिटर चौडाई एक मिटर उचाई गरि निर्माण सुरु भएको छ । साहले निर्वाचनको समयमा मतदातास“ग गरेको प्रतिवद्धा तत्कालै पुरा गरेको देखेर स्थानीय रामसिंह जैसवालले उनलाई बचनको पक्का भएको नेताको रुपमा बुझेका छन ।

सडक साहको निर्देशन र अगुवाईमा आम नागरिकको साथले मात्र सम्भव भएको बताउछन् । साहले आफुले योजना मात्र दिएको तर स्थानीयले सडक सञ्जालस“ग जोडिदा निकै लाभ लिन सक्ने भएकाले आफ्नो अभियानलाई सहयोग गरेकामा निकै सन्तुष्टि छन । आफुनो क्षेत्रमा विकास गर्न पाउदा“ निकै उत्साहित हुने साह निर्वाचन पछिका धेरै समय आफुनै क्षेत्रमा विताएर प्रत्यक्ष रुपमा विकासमा सहभागी भएको स्थानीय रामदेव साहको भनाई छ । यतिबेला यस सडक निर्माणका लागि दर्जनौ निर्माणका उपकरण प्रयोग भएका छन् । यो सडक आसपास पुग्ने जो कोहीलाई पनि लाग्न सक्छ निजगढ भन्दा पश्चिम नेपाली सेनाले बनाएको फास्ट ट्रयाक त होइन ? तर यहा“को काम हेर्दा सेनाको सडक निर्माण भन्दा कुनै कमी छैन । स्काभेटर, ग्रेडर, लोलर, पानी ट्रयाङकर, रोडर, जेसिवी, दु्ई दर्जन ट्रयाक्टर प्रयोग गरिएका छन् । यो काम झट् हेर्दा लाग्दा यहाँ कुनै अरबौंको ठेक्का प्लान त भएको होइन । काम यति धेरै भएको भएपनि यहाँ नत बजेट नै छ नत सरकारीलगानी नै । यो काम सबै सम्भव हुनुमा नेतृत्व प्रतिको स्थानीयमा विश्वास नै भएको स्थानीय शिक्षक हरिष मिश्र बताउछन् ।

स्थानीयको आफनै सहयोगमा खर्च जुटाएर काम सञ्चालन भएको छ । महिनैदेखि स्थानीय आफ्नै क्षेत्रको विकासमा लागेका छन् । सडकको ८० प्रतिशत काम सम्पन्न भैसकेको छ । नेतृत्वको विश्वास विकासप्रति स्थानीय सयौं नागरिकको सहभागिताले अन्य क्ष्ँेत्रले पनि सिक्नु पर्ने समय आएको छ । मुलुकमा निर्वाचनका समयमा मतदातालाई प्रभावमा पार्न विकासे काम केही स्थानमा थालिने भएपनि रौतहटमा पूर्वमन्त्री समेत रहेका साहले निर्वाचन पछि जनताको सहयोगमा काम सुरु गरेर चमत्कारै गरेको स्थानीयको भनाइ छ । 

यता मुलुकमा अरबौं रुपैया  बराबरका सडक निर्माण कार्य राज्यको सम्पूर्ण शक्ति र स्रोत प्रयोग गर्दा समेत समयमै निर्माण हुन नसकेको आम नागरिकले देख्नु र भोग्नु परेको छ । तर रौतहतका ३ नम्बर क्षेत्रमा भने नेतृत्वको सहि निर्देशन र आम जनताको सहयोगमा विकासले राष्ट्रिय रुपमै भड्को मार्न थालेको हो । प्रािवधकहरुले भने यतिको बाटो निर्माण गर्न भौगोलिक अवस्था, स्रोत साधनको स्थिति हेरी करिव ५ करोड भन्दा बढि खर्च लाग्ने बताउ“छन । प्राविधिकले सरकारी स्तरबाट काम हुदा यसको मुल्य अर्झै बढि हुने भन्दै समयमा समेत हुन नसकेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।