मङ्लबार, बैशाख ११, २०८१

सर्वोच्चकोआदेश: तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नु

 काठमाडौ फागुन १० ,  २०१६ मे ३० मा नेपfल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायाता व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी बिच ५ वर्ष भित्र २५ लाख इम्बोस्ड नम्बर बनाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएअनुरुप गत भाद्र ५ गते यातायात व्यवस्था विभागले सवारी साधनप्लेटमा इम्बोस्ड नम्बर राख सुरु गरेको थियो ।

तर उक्त इम्बोस्ड नम्बरप्लेटमा नेपाली भाषाको देवनागरिक लिपी इम्बोस्ड नम्बर प्लेट डिजाइन गर्ने सफ्टवेयरमा नभएको भन्दै अंग्रेजीमा नंम्बर प्लेट राखिएको त्यस्तै संघीयतामा गएपछि किन अञ्चल राखिएएका कारण नम्वर प्लृट त्यति प्रभावकारी नभएको भन्दै भरत बस्नेतले इम्बोस्ड नम्बर तत्काल प्रयोग गर्न नहुने माग गर्दै हालेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले जारीको नेपाली नम्बर राख्न नसकिने केही कारण छ भने ७ दिनभित्र लिखित जवाफसहित आउन समेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।