बिहिबार, बैशाख १३, २०८१

सभामुखका लागि महरा, गुरुङ, घर्ती र पोखरेलको दावीसंगै पार्टी अध्यक्ष प्रचण्ड सकसमा

काठमाडौं फागुन १३ , बाम गठकबन्धनसंगै नेकपा माओवादी केन्द्रको भागमा परेको स।घीय प्रतिनिधीसभाको सभामुख पद हत्याउँन केन्द्रका नेताहरुको आ–आफ्नो दाबी सहित प्रस्तुत भइरहेका छन । सभामुखको लागि नेताहरु क्रमस कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती ,देव गुरुङ र गिरिराजमणि पोखरेलका लागि आउँने गरेको सिफारिस सगै यि ४ नेताले देखाएको दावीका कारण अहिले पार्टी अध्यक्ष कसलाइ सभामुख बनाउने हो भन्ने सकसमा परेका छन् ।

समाचार स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्डको सभामुखको जिम्मा कृष्णबहादुर महरालाइ दिने मनस्थिती भएपनि उहाँ खुल्न नसकेका कारण स्थिती सकसपूर्ण भएको जनाउँदै समाचार स्रोतले भने नेता देव गुरुङलाइ रामबहादुर थापा बादलले सिफासिर गरेका छन भने पोखरेललाइ नारायणकाजी श्रेष्ठको सिफारिस प्राप्त भएको छ त्यसमाथि पूर्वसभामुख ओनसरी घर्ती भने महिला भएका कारण आफुले समाभुखको जिम्मेवारी पाउँन पर्ने जिकिर गर्दै श्रमिान नेता वर्षमान पुनको सिफारिस सहित  कुनै पनि हालतमा नछोड्ने बताउँदै हिडेकी छिन ।

यद्यपी रेसमा जोसुकै जसको सुकै सिफारिसमा लागेपनि पार्टी अध्यक्ष प्रचण्ड भने महरालाई नै अघि सार्ने भित्रि तयारी रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।