शुक्रबार, चैत्र १६, २०८०

सगरमाथा  

-किरन कार्जित-

यो देश हाँक्ने सच्चा ,पाखुरा र जाँगरको खाँचो छ ।
सरल भाव मुलमन्त्र , सीप र सिर्जनाको साँचो छ ।

बाँध भई पानी छेक , बँजरिला फाँट छन ।
तिमीले कलम समायौ भने , कला ब्युँतने छाँट छ ।

असमान छ भेषभुषा । समान रहुन अभिलाषा ।
देश सिन्दुर , देश टिका , देश रहे न, परिभाषा ।

खोला माटो सबै हाम्रै । यो नाला पथरिलो बाटो हाम्रै ।
सगरमाथा ब्युँताईरहौँ । हाम्रो बाटो छेकिने छैन ,

स्वाधिनताको शान बुझौँ , बैरीले माटो टेक्ने छैन