शुक्रबार, चैत्र १६, २०८०

श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने महासंघको चेतावनी

काठमाडौं फागुन ८ , नेपाल पत्रकार महासंघ अन्र्तगतका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याको सम्बोधनका लागि प्रतिष्ठान शाखाहरुको भेला आयोजना गरेको छ ।     सञ्चारग्रामस्थित महासंघको सभाहलमा आयोजित उक्त भेलामा महासंघका कार्यबाहक अध्यक्ष दिलिप थापा मगरले पत्रकारको हक हितका निम्ति लड्न महासंघ प्रतिवद्ध रहेअनुसार त्यसलाई कार्यान्वयनमा लैजान महासंघ सधै तयार रहेको बताउँदै उहाँले पत्रकारको हक हितका लागि आवश्यक आन्दोलनको आँट गर्न प्रतिष्ठान शाखालाई आग्रह गर्दै त्यसलाई सफल पार्न महासंघ तयार रहेको बताउनु भएको छ ।

त्यस्तै महासंघका महासचिव रमेश विष्टले प्रतिष्ठान शाखाहरुमा पत्रकार र सम्पादकको सम्बन्ध, सम्पादकीय स्वतन्त्रता, लैङ्गिक समानातको अवस्थाका बारेमा बुझेर श्रमजीवी पत्रकारका हितमा लाग्ने प्रतिवद्धता सहित पत्रकारलाई दुव्र्यवहार गर्ने, श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी समेत दिनु भएको छ भने सचिव रामप्रसाद दाहालले आफ्नो हक हितका निम्ति आन्दोलन गर्दा जागिर नजाने भन्दै विगतमा राजधानी दैनिक, कान्तिपुर दैनिक, स्पेसटाइम, एचबिसि एफएम लगायतका सञ्चारमाध्यमका पत्रकारको रोजगारी पुनर्बाहाली भएको नजिर प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले व्यवस्थापन र पत्रकार बीचमा राम्रो समन्वय नभएको र पत्रकारलाई व्यवस्थापनले जहिले पनि अवमूल्यन गर्ने गरेको गुनासो राख्नुका साथै जिल्ला संवाददाताहरुलाई समाचारका आधारमा पारिश्रमिक दिने गरेकाले जिल्लाबाट समाचार पठाउने पत्रकारले न्यूनतम पारिश्रमिकबाट बञ्चित हुन परेको जानकारी दिदै गर्दा सहभागि महिला पत्रकारहरुले भने आफुहरुमाथि व्यवस्थापन तथा सहकर्मीहरुबाटै दुव्र्यवहार र होच्याउने गरेको अभिव्यक्ति दिईएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य यम विरही नुकुल अर्यालले महासंघ पत्रकारहरुका निम्ति भएको हुँदा पत्रकारका मुद्दामा दृढतापूर्वक लाग्ने जनाउ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।