शुक्रबार, चैत्र १६, २०८०

विभागले  चैतदेखि २० वर्ष पुराना सवारी सीज गर्ने

 काठमाडौ फागुन १४ , यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पूर्णत प्रतिवन्धित गर्ने भएको छ । यसको लागि विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको इञ्जिन नम्बर, र चेसीस नम्बर विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको जनाएको छ ।

त्यस्तै विभागले निर्धारित मितिमा गाडीको इञ्जिन नम्बर। र चेसीस नम्बर नबुझाउने सवारी धनीको सवारी गुडेको पाइएमा गाडी ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको बताएको छ । विभागका अनुसार यातायात व्यवस्था नियमावली २०५४ संशोिधत निर्णयअनुसार २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि यसकिसिमको निर्णय गरिएको जनाउँदै हाल देशभर २० वर्ष पुराना सवारी साधन पाँच हजार ५०० गुडिरहेको विभागले जनाएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।