शुक्रबार, चैत्र १६, २०८०

विडम्वनाको पराकाष्ठा ! भारतीय मतदाता पनि नेपालको सांसद

 काठमाडौ फागुन ५,  नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।  

नागरिक पत्रिकालाई प्राप्त कागजात अनुसार भारत, विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ ।  उनको नाम अहिले पनि भारतीय निर्बाचन आयोगको आधिकारिक बेबसाइट ‘डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन’ मा भेटिन्छ ।  दासको भारतीय भोटर आइडीमा पीताको नाम देवनाथ दास उल्लेख छ ।  उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ ।  उनको मतदाता केन्द्रको नाम ‘मैथिली साहित्य परिषद, मिश्रटोल साउथ पार्ट’ उल्लेख छ ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ ।नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।