शुक्रबार, चैत्र १६, २०८०

वाम गठबनधको विपक्षमा रहेका मा.के.का. नेतात्रय निष्कासित

काठमाडौं, फागुन ११,   वाम गठबनधको विपक्षमा रहेको  माओवादीका नेतात्रयलाइ माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसरी निष्कासित गरेका नेतात्रयमा गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्ट मगर रहेका छन ।  माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै ३ नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गर्नुको अलावा पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित हुने गरेको केन्द्रको ठहर रहेको छ ।

साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए । पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै  रहेको  सम्वद्ध स्रोतले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।