बिहिबार, चैत्र १५, २०८०

वरिष्ठ पत्रकार मैनालीलाई विकास पत्रकारिता सम्मान

 काठमाडौं फागुन ३ , विकास पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरुको साझा संस्था विकास पत्रकार मञ्च (फोडेज),ले स्थापना कालको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकावीच वरिष्ठ पत्रकार मोहन मैनालीलाई विकास पत्रकारिता सम्मानबाट सम्मानित गरेको छ ।

वरिष्ठ पत्रकार भारतदत्त कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित मञ्चको दोस्रो वार्षिकोत्सवको कार्यक्रमलाइ सम्बोधन गदैं प्रमुख अतिथी कोइरालाले आफु आज भोलि सभा समाहरोका कमैमात्र जाने बताउँदै प्रमुख अतिथी कोइरालाले मुलुकको समग्र विकास र समृद्धिका लागि विकास पत्रकारिता अपरिहार्य भएको र विकास पत्रकारिताका लागि आफू पानीमुनि पुग्नसमेत पछि नपर्ने जनाउ दिनु भएको छ । साथै उहाँले मुलुकमा संघीयता कार्यान्वयनसँगै ‘४५ वर्ष अघिको विकास पत्रकारिताको सन्देश अबका दिनमा विस्तारित हुने आफुले विस्वास लिएको बताउँनु भएको छ ।

 त्यस्तै कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहको विकास र समृद्धिका लागि संविधानत प्रत्यायोजित अधिकारको कार्यान्वयन भएन नभएकोमा कलम चलाउनुपर्ने बताउँदै सञ्चारजगत विकासको संवाहक भएका कारण सिंहदरबार अधिकार जनताको घरघरमा पुगे नपुगेको सवालमा सञ्चारकर्मीले खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभएको ।

त्यस्तै गरि सम्मानित वरिष्ठ पत्रकार मैनालीले राजनीतिक समाचार तोरी बाली र विकास पत्रकारिता साग बाली भएको भन्दै ‘तोरीको साग एकपटक टिपेपछि सकिन्छ तर रायो सधैंभरि खान पाइरहन्छ यअर्थमा पनि विकास पत्रकारिताको महत्व आफैमा के र कति भन्ने प्रष्ट भएको बताउँनु भएको छ ।    । कार्यक्रममा वल्र्ड भ्यू नेपालका कार्यक्रम व्यवस्थापक विश्वमणि पोखरेल, पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्र, विकास पत्रकार मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगाना, ग्रील उद्योग महासंघका अध्यक्ष मोहन कटुवाल, राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, नेपाल नगरपालिका संघका सचिव कलानिधि देवकोटालगायतले विकास पत्रकारिताको महत्व माथि प्रकास पार्नु भएको थियो ।

 कर्यक्रमको दोस्रो सत्रमा मञ्चले राष्ट्रिय अपांग महासंघ नेपाल र सिबिएमको सहकार्यमा गरेको ‘समावेशी पुनर्निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसाल र महासंघका तर्फबाट कार्यक्रम संयोजक विमल पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने प्रस्तुत कार्यपत्र उपर पत्रकारद्धय मोदनाथ ढकाल र लक्की चौधरीले टिप्पणी गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।