शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रियसभा सदस्य मनोनयन सिफारिशको निर्णय कार्यान्वयन नगर्न माग गर्दै  सर्वोच्चमा रिट दायर  

काठमाडौ फागुन ११ ,  निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यमा मनोनयन गर्न भन्दै राष्ट्रपतिसमक्ष सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।   उहाँहरुले आज दायर गर्नु भएको रिटमा राष्ट्रियसभा सदस्यका लागि देउवा नेतृत्वको सरकारबाट सिफारिश भएपनि यो वा त्यो वहानामा ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको उल्लेख गर्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाईएको छ ।

त्यस्तै निवेदनमा  असंवैधानिक रुपमा आफूहरुलाई विस्थापन गरी अन्य ३ जनालाई गरिएको मनोनयन सिफारिशको निर्णय कार्यान्वयन गर्न माग गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म शपथ नगराउन विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

स्मरण रहोस केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिंडारी र विमला राईलाई सिफारिश गरेको थियो । नयाँ तीनै सदस्यलाई राष्ट्रपतिले मनोनयन समेत गरिसक्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031