शनिबार, बैशाख ८, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधी: प्रचार प्रसारका गतिबिधि गर्न नपाइने

 काठमाडौ माघ २२ ,   माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गएरातिदेखि मौन अवधी सुरु भएको छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघि मौन अवधी शुरु हुने प्रावधान अनुसार गएरातिदेखि मौन अवधी शुरु भएको हो । मौन अवधिभर कुनै पनि दलका उम्मेदवार, कार्यकर्ता, मतदातालगायत सञ्चारमाध्यमले चुनावको प्रचार प्रसारका गतिबिधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी सामाजिक सञ्जाल तथा कुनै पनि प्रविधिको प्रयोग गरी मत मागेमा सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेज गर्नसम्म सकिने प्रावधान रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशबाट  ८/८ जना गरी ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जना समेत गरि ५९ सिट मध्ये विभिन्न प्रदेशमा २४ जना निर्विरोध निर्वाचित भईसकेका छन् भने ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा रहेको आयोगले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।