शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौ फागुन १५ , राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरू क्रमशः आर्चिल दुलीसाभिली, रादु ओक्टाभिएन डोब्रे र आडम आजेइच बुरुकोवास्कीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।