बिहिबार, बैशाख ६, २०८१

यो काठमाडौ शहर..

  •  किरन कार्जित 

 पहिले ….  सभ्यताको बास थियो जहाँ , शान्तिको पाईला पर्थे यहाँ ,पूर्खाका अनमोल उपहारहरु , शानले ठडिएका जहाँतहां । उच्च मस्तक गर्वित । अभिषेक बिजयी मुकूट । पहिरेर हाँस्ने यो शहर । षोडशिको झैँ थियो कहर । घन्टी बज्थे कुलिन घर । शंखनाद शंखको वरपर । साछ्यात देवदेवीका मूर्तिले । असुर बिचार परपर । उत्तरमा हिमाल टलक्क । धूलो धुलो न थियो हल्ला । बाग्मतीको निरब कल्कल । बिष्णुमति मोहक झल्मल । हर गल्लि सडक बिस्तार । खुल्थे हरेक चोकमा । निष्ठाले झुकेका मुहार । सम्यक हर पुकारमा ।

अहिले ….
सब कुनाकाप्चा देशबिदेशबाट , ओईरिने हर अनुहार । कुल्चि शहरको छाती तिनै । भन्छन यो कस्तो शहर ? न निती न आदर नै । न कुनै शोभित चाल । बिष्थापित सोझासिधा । चतुर चँट मालामाल । सहनशिल शहर मेरो । सहन्छ हर प्रहार । हरिलग्यो भुँइचालोले । जति बाँकी   सब श्रृगार ।उसैले घात गरिदिन्छ । जसलाइ   साथ दिन्छ शहर । यस्को उज्यालो रुप हेर्ने । हाम्रो सानो रहर । काठमाडौ शहर सबको । अहो यो काठमाडौ शहर ।इतिहास बन्ने क्रममा छ । यो मेरो पुरानो शहर ।                               सितापाईला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।