बुधबार, बैशाख १२, २०८१

यस्तो छ ऐतिहासिकस्थल हनुमानढोका दरवारक्षेत्रमा अव्यवस्थित पार्किङ्गको परिदृष्य

 काठमाडौं फागुन १४, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल  हनुमानढोका दरवारक्षेत्र र आसपासका पसिरमा बढ्दो सवारी साधन आवत जावत, अव्यवस्थित पार्किङ्गको यो दृष्य । अझ यस क्षेत्रमा प्रत्येक दिन साँझ परेसैगै सुरु हुने अव्यवस्थित वजार र सवारी आवागमन त्यस्तै पार्किङ्ग र फुटफाट बजारका  कारण हिड्न समेत हम्मे- हम्मेको स्थिती जो कोही महानगरवासीले अनुभुत नगरेको भने पक्कै होइन ।

यद्यपी सरोकारवाला निकायको मौनता  र महानगरपालिका अन्र्तगतका नगरप्रहरी , अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोलीको नियमित नभइ कागतालीमा हुने गरेको अनुगमन जस्ता पक्ष महत्वपूर्ण कारक तत्व मानिएको छ ।

त्यस्तै यस क्षेत्रमा पटकपटक सवारी साधन आवत जावत तथा पार्किङ्गका साथै स्थानीय स्तरमा परम्परागत रुपमा हुदै आएका धार्मिक एवम् साँस्कृतिक कार्यक्रम बाहेकका अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने गरी पूर्णरुपमा निषेधको  लागि नितिगत   निर्णय   भएपनि  भए गरेका  ति निर्णयलाइ  धोती लगाउदै निर्वादरुपमा हनुमानढोकास्थित महादेव पार्वती  दवलीमा राजनैतिक कार्यक्रम सभा र गोेष्ठि हुँदै र भइरेका छन । यसतर्फ नत महानगरपालिकाको ध्यान पुगेको छ नत आफुलाइ अभियन्ताको परिचय दिने संघसस्थाको नै  । फोटो:  पुरुषोत्तम डंगोल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।