मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ एमाले र माओवादी केन्द्रवीचको ७ बुँदे सहमति (पत्रसहित)

 काठमाडौं फागुन ७,  प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले र नेकपा माओवादीवीच पार्टी एक्ताको लागि बसेको संयोजना समितिको राती अवेरसम्म चलेको बैठकले ७ बुँदे सहमति गरेको छ ।

बैठक पछि जारी सहमति पत्रमा उल्लेख भएअनुसार पार्टीको नाम नेपाल कम्न्युष्ट पार्टी राख्ने र  नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्र्तगर्त अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्धारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित् गर्ने लगायतका मान्यतामा समान धारणा रहेको स्पष्ट   भएको जिकिर गरिएको छ ।
त्यस्तै पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिवादको विस्तृत अध्ययन गर्ने र नेकपा एमालेले अपनाउँदै जबज अन्र्तगर्त शान्तिपूर्ण, बहुदलीय जनवाद जबज र माओवादमा उपर्युक्त बहस गर्ने र प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी महाधिवेशनलाई एकता महाधिवशेनमा रुपान्तरण गर्ने लगायतका मुलभूत एजेन्दामा सहमति गरिएको छ ।

 सहमतिपत्रमा प्रम एवम् एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित झलनाथ खनाल, माधव नेपाल,वामदेव गौतम
ईश्वर पोखरेल त्यस्तैगरि नारायणकाजी श्रेष्ठ रामबहादुर थापाले हस्ताक्षर गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।