शुक्रबार, चैत्र १६, २०८०

मा.के.का अध्यक्ष प्रचण्ड संसदीय दलका नेतामा सर्वसम्मत

काठमाडौ फागुन ६,  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।  माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रूपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्नुको अलावा सरकारमा हुने सहभागितालाई समेत सँगै लैजाने निर्णय गरेको उहाँले जानकारी दिनु भएको छ ।

प्रवक्ता भुसालका अनुसार त्यस अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष प्रचण्डले प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।