शुक्रबार, बैशाख १४, २०८१

भ्यालेन्टाईन डे मा अनिल सिंहको सु-स्वागतम

 काठमाडौं  फागुन २ , गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित “सु-स्वागतम” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ।  त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।