शुक्रबार, चैत्र १६, २०८०

भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम वितरणको समयावधि थपियो

काठमाडौ माघ २६ , प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले ०७२ बैशाख १२ का भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

यसअघि प्राधिकरणले पुस मसान्तसम्म दोस्रो किस्ताको अनुदान पाउने समयावधि सहितको कार्यतालिका प्रकाशन गरेको थियो । तर उक्त कार्यतालिका अनुसार पिडितहरु मारमा पर्ने भएको भन्दै प्राधिकरणले समायवधि थपेको हो ।

त्यस्तै बैठकमा प्राधिकरणका सीइओ युवराज भुसालले पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार ५७७
दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको घर संख्या २ लाख ३३ हजार ६सय७७ र तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार ५०० रहेको जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।