शुक्रबार, चैत्र १६, २०८०

बुधवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण  तयारी पूरा,

 ३२ पदका लागि ५२ जना उम्मेदवारवीच प्रतिस्पर्धामा हुने

काठमाडौ माघ २३,   निर्वाचन आयोगले बुधवार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै बिहान १० देखि दिउँसो ३ बजेसम्म सबै प्रदेशमा मतदान हुने जनाएको छ ।

प्रस्तुत निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल दुई हजार ५६ जना मतदाता रहेको जनाउँदै आयोगले आयोगका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको जानकारी दिएको छ ।

 त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ लगायतका अन्य प्रदेशमा  समेत केहि गरि कुल कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका कारण अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवारवीच प्रतिस्पर्धामा हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।